कलैया – प्रतिबन्धित खैरो हिरोईंनसहित धनुषा प्रहरीले दोईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीका बर्दिबास २ का २३ बर्षीय दिपक महत्तो र २८ बर्षीय शुभाष परियार रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
प्रहरीले जिल्लाको मिथिला नगरपालिका वडा नम्बर ९ पूर्वपश्चिम लोक मार्गबाट उनीहरुलाई प्रतिबन्धित खैरो हिरोईंन ४.२ ग्रामसहित पक्राउ गरिएको धनुषाका प्रहरी नायव उपरीक्षक एवम प्रवक्ता रञ्जन अवाले जनाउनुभयो ।
ढल्केवरबाट बर्दिबासतर्फ जाँदै गरेको सवारी साधानहरुलाई चेकजाँच गर्ने क्रममा उनीहरुलाई लागुऔषधसहित नियन्त्रणमा लिएको उहाले बताउनुभयो । पक्राउ परेकाहरुमकाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनायो ।







