
कलैया ।नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध भएको छ ।
हिजो राति ८ बजे भरतपुर महानगरपालिका वडा नम्बर २९ सेतीदोभानमा चट्टानसहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख ओमप्रसाद अधिकारी ले जानकारी दिएका छन् ।
उनका अनुसार बिहानैदेखि दुईवटा जेसिभी प्रयोग गरेर पहिरो पन्छाउने काम भए पनि जेसिभीले ढुङ्गा पन्छाउन नसके ग्रेडरले फुटाउनुपर्ने भएमा सडक सञ्चालन हुन समय लाग्ने छ ।
पहिरोका कारण सडक पटकपटक अवरुद्ध भएको छ । पहिराले गर्दा हाल साना तथा ठुला सवारी साधन बीच बाटो मै रोकिएका छन् ।