कलैया – असल समाज निर्माण गर्न सचेतनाको आवश्यकता रहेको बाराको कलैया उपमहानगरपालिका वडा नम्बर २६ का वडाध्यक्ष धर्मेन्द्र प्रसाद यादवले बताउनुभएको छ ।

वडा कार्यालयले आज बिहिबार आयोजना गरेको लागुऔषध तथा सामजिक बिकृति नियन्त्रण तथा ट्राफिक व्यवस्थापन सम्बन्धि छलफलमा बोल्दै वडाध्यक्ष यादवले त्यस्तो बताउनुभयो ।

समाजमा भएका बिकृति निर्मुल गर्न र कुलतबाट बच्न सबै अभिभावकले ले आ-आफ्नो घरबाट नै आफ्ना बालबालिकालाई सिकाउनु पर्ने कुरामा वडाध्यक्ष यादवले जोड दिनुभयो ।

यसैगरी कार्यक्रममा सहभागी सामाजिक संघसंस्थाका व्यक्ति , राजनीतिकर्मी ,सुरक्षाकर्मी , शिक्षक , बिद्यार्थी , प्रहरी लगायतले आफ्ना धरणा राखेका थिए  ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर