धनुषाको जनकपुरधाममा कारले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोकमा आज बिहान बा २१ च ३३४३ नम्बरको कारले प्रदेश २ ज ५६९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा चालक ३२ वर्षका शिवेन्द्र रोहिताको ज्यान गएको प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिनुभयो ।

धनुषाको सहिदनगर नगरपालिका–८ घर भएका रोहिता जनकपुर अनलाइनका सञ्चालक रहेको पनि तिवारीले बताउनुभयो । मोटरसाइकलको पछाडि बसेका २५ वर्षका जयनाथ यादव घाइते भएको र उहाँको स्थानिय अस्पतालमा उपचार भइरहेको छ । कार चालकलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक तिवारीले जानकारी दिनुभयो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार