बिभिन्न मुद्दाका ३ जना फरार प्रतिवादीलाई बारा प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेका अनुसार बन मुद्दामा १ बर्ष कैद सजाय र २१ हजार ३६२ रुपैया जरिवाना भएको निजगढ नगरपालिका वडा नम्बर १६ टांगिया बस्तीका ६७ बर्षीय भिमबहादुर सिजाली मगर , गालीगलौज मुद्दामा ५ सय जरिवाना भएका सिम्रौनगढ नगरपालिका वडा नम्बर ८ बस्ने ६३ बर्षीय बिपत हजारा दुसाद र ज्यान मार्ने उधोग मुद्दाका देवताल गाउँपालिका वडा नम्बर २ बस्ने २६ बर्षको पवन यादवलाई पक्राउ परेका छन ।
पक्राउ परेका तिनै जनालाई आवश्यक कारवाहीको लागी अनुसन्धान प्रक्रिया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।
कलैया बारा – प्रियंका दास







