कलैया -ब्रोडकास्टिंग एसोसिएन आफ नेपाल ( बान ) की केन्द्रीय सदस्य एवम विश्वास एफएमकी सञ्चालिका प्रियंका दासले सत्ताको आडमा सरकारले सञ्चारमाध्यमलाई तर्साउन खोजेको आरोप लगाउनुभएको छ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया कार्यकक्षबाटै पक्राउ परेको घटना प्रति आफ्ना प्रतिक्रिया सार्वजनिक गर्दै दासले सरकार सञ्चारमाध्यमलाई तर्साउन खोजेको बताउनुभयो  ।

सिरोहिया अध्यक्ष रहनुभएको कान्तिपुर मिडिया ग्रुपले गृहमन्त्री रवि लामिछानेको सहकारी ठगीमा संलग्नता छ भनेर छाप्दै आएको समाचारको प्रतिशोध र पुर्वाग्रहिपूर्णले कार्यकक्षबाटै पक्राउ गरिएको र यस घटनाले सबै प्रेस जगत त्रसित भएको दासले बताउनुभयो ।

आफ्ना नागरिकता विवादलाई कानुनि अनुसन्धानमा सघाउने भन्दा भन्दै सिरोहियालाई पक्राउ गरिएको तर यस्तै विवादमा परेका अन्यलाई किन बाहिर छोडिएको दासले सरकार र गृहमन्त्रीसंग प्रश्न गर्नुभएको छ ।

संघिय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था ल्याउन नेपाली प्रेसले खेलो भूमिका नबिर्सन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सत्ता घटक दललाई दासले सचेत गराउनुभएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार