कलैया ।नेपाल बिद्यार्थी संघ बारा ले सरकार विरुद्ध प्रदर्शन गरेको छ ।
नेबिसंघले ” महँगी, भष्ट्राचार र कुशासन बन्द गर, पटक पटक गरिएको पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर” सहित सरकार विरुद्ध विभिन्न नारा लगाउदै सिटी फुकेर जुलुस निकालेका हुन् ।
त्यस्तै संसद विघटन गर्ने प्रधानमन्त्री र राष्ट्रपति भण्डारीले रातारात संसद विघटन गरी चुनाव घोषणा गरेपछि नेविसंघले त्यसका विरुद्ध सिटी जुलुस निकालिएको नेबिसंघ बारा का अध्यक्ष निजामुदिन अन्सारी ले बताएका छन् ।
नेविसंघ ले बिगत केही दिन देखि सदरमुकाम कलैया मा सरकार विरुद्ध विभिन्न नारा लगाउदै प्रदर्शन गर्दै आएको छ ।
आज भएको सिटी जुलुस मा नेविसंघ बारा का अध्यक्ष निजामुदिन अन्सारी , सहिव सागर पटेल ,आयुष डङ्गोल ,राजकिशोर शर्मा लगायत का युवा नेताहरु को सहभागीता रहेको थियो ।