कलैया / नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिका वडा नम्बर २९ सेतीदोभानमा खसेको पहिरो पन्छाएसँगै सवारी आवागमन पुनः आज बिहान ५ः३० देखि सञ्चालन आएको हो । बुधबार राति १० बजेदेखि पहिरोका कारण अवरुद्ध भएको थियो ।

पहिरो पन्छाएसँगै रोकिएका सम्पुर्ण सवारी साधनहरु गन्तव्यतर्फ लागेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । सो स्थानमा वर्षा शुरु भएसँगै पटक–पटक पहिरो खसेर सडक अवरुद्ध हुँदै आएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर