साजिर मन्सूर 

कलैया,जेष्ठ १४

नेपाल प्रेस युनियन को ३३ औ स्थापना दिवसका अवसरमा मिडियाको भुमिका र चुनौती बिषयक अन्तरक्रिया कार्यक्रम तथा सुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । उधोग बाणिज्य संघ बाराको सभाहलमा सम्पन्न भएको कार्यक्रममा प्रेस युनियनको

लोकतन्त्र पछधर पत्रकारहरुको साझा र बिश्वाशिलो गर्भिलो ईतिहास बोकेको संस्था प्रेस युनियन भएको बक्ताहरुले बताएका छन ।

नेपाल पत्रकार महासंघमा सदस्यता बिवादलाई समाधान गर्न आवस्यक पहल कदमी गर्नुपर्ने सो अवसरमा बताईएको छ ।

 

श्यामबाबु यादवको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि पत्रकार गुरु गौतम,सुजित अर्याल,राकेश पान्डे,सन्तोष पान्डे,सन्जिव मिश्र,सिकेन्द्र पास्वान,रबिन्द्र सिंह,जयनारायण यादव,रतनलाल टेमानी सहित बारा प्रेस युनियनका सदस्यहरुको उपस्थिति रहेको थियो ।

प्रेस युनियन बाराका सदस्य सन्दिप यादवले स्वागत गरेको कार्यक्रमको आयोजना नेपाल प्रेस युनियन बारा शाखाले गरेको थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर