बढ्दो गर्मीका कारण वीरगंज महानगरपालिका भित्र रहेका सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालय ३ दिनसम्मको लागी बन्द भएको वीरगंज महानगरका शैक्षिक महाशाखाले जनाएको छ ।

पछिल्लो दुई सातादेखि बढेको गर्मीका कारण बालबालिकाका स्वास्थ्यमा प्रतिकुल असर परिरहेकोले महानगरभित्रका सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालय जेष्ट १६ गतेदेखि १८ गते शुक्रबारसम्म बन्द गर्न निर्णय गरिएको हो ।

शिक्षा समितिका संयोजक ईश्वरचन्द्र यादवका अनुसार भोलि गणतन्त्र दिवसको सार्वजनिक विदा परेकोले बुधबारदेखि शुक्रबारसम्म विद्यालय बन्द गरिएको र एकैचोटी आईतवार खुल्ने छ । कक्षाकोठामै गर्मीबाट बिद्यार्थी बेहोस हुनथालेपछी अभिभावकहरु अन्य बिदामा मिलान हुनेगरी विद्यालय बन्दको माग गरेका थिए ।

कलैया , बारा – प्रियंका दास  

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर