कलैया –  जिल्ला प्रहरी कार्यालय पर्साले लाखौंको अबैद्ध सामान बरामद गरेको छ ।

पर्साका प्रहरी नायव उपरीक्षक केशर कुमार न्यौपानेका अनुसार वीरगंज महानगरपालिका वडा नम्बर १६ ईदगाह चोकस्थित सडक खण्डबाट मोबाईलका पार्टसहरु , खाद्यान्न , औषधि , खुद्रा तथा विभिन्न किसिमका लत्ताकपडाहरु बरामद गरिएको हो ।

बरामद सामानको बजार मूल्यांकन २६ लाख ८ हजार ४९० रुपैयाँ गरी आवश्यक कारवाही तथा अनुसन्धानको लागी वीरगंज भन्सार कार्यालयमा बुझाईएको प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक न्यौपानेले जानकारी दिनुभयो ।

-कलैया , बारा- प्रियंका दास 

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर