कलैया – बाराको परवानीपुर गाउँपालिकाले आज मंगलबार एक कार्यक्रमकाबीच क्रिकेट खेलाडीलाई खेल सामग्रीसहित पोशाक समेत प्रदान रेको छ ।
गाउँपालिले सुरु गर्न लागेको प्रथम अध्यक्ष कप क्रिकेट प्रतियोगितामा सहभागी हुने सबै क्रिकेट समुहका खेलाडीलाई खेल सामग्रीसहित पोशाक प्रदान गरिएको हो ।
पालिकी उपाध्यक्ष सुगान्धि देवी कानुईन ,प्रमुख प्रशासकीय अधिकृत प्राण मेहता , पालिका कर्मचारीहरु, पालिकाभित्रका सबै वडाध्यक्षहरु र समाजसेवी उमेश गुप्ताको उपस्तिथिमा पालिका रामक्षेत्री प्रसाद कुर्मीले खेलाडीहरुलाई खेल पोशाकसहित खेल सामग्री बेट , बल , विकेट , प्रदान गर्नुभएको हो ।
-कलैया बारा – प्रियंका दास







