वीरगंज – अज्ञात व्यक्तिको छुरा प्रहारबाट वीरगंजमा एकजना किशोरी घाईते हुनुभएकी छन । मंगलबार साझ वीरगंज महानगरपालिका वडा नम्बर १३ राधेमाईमा डेरागरी बस्दै आएकी पकाहाँमैनपुर गाउँपालिका १ धोरेकी १८ वर्षीय प्रिय यादव अज्ञात व्यक्तिको छुरा प्रहारबाट घाईते हुनुभएकी हुन् । छुरा प्रहर हुदा चिच्याउँदै किशोरी यादवले प्रतिकार गरेपछि उक्त छुरा प्रहार गर्ने अज्ञात व्यक्ति फरार भएको प्रत्यक्षदर्शीले बताएका छन ।

किशोरी यादव छुरा प्रहारबाट गम्भिर घाईते हुनुभएकी छन । प्रहरीका अनुसार किशोरी यादवमाथि छुरा कसले र किन प्रहार गरेको खुल्न सकेको छैन ।  फरार भएका छुरा प्रहार गर्ने व्यक्तिलाई खोजि भईरहेको पर्सा प्रहरीले जानेको हो ।  छुरा प्रहारबाट गम्भीर घाईते किशोरीले समेत आफु छुरा प्रहार गर्ने व्यक्तिलाई नचिनेको भनेकी छन । घाईते किशोरीको वीरगंजस्थित तराई अस्पतालमा उपचार भईरहेको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर