कलैया – जिल्ला प्रहरी कार्यालय बाराले नक्कली नेपाली नोटसंगै एक भारतीय नागरिकसहित चार जनालाई पक्राउ गरेको छ । बारा प्रहरीले आज बुधबार पत्रकार समेलन गरी १३ लाख १६ हजार नेपाली नक्कली नोट , दुई वटा मोटरसाईकल र एउटा साईकलसहित उनीहरुलाई पक्राउ गरिएको जनाएको हो ।

पक्राउ पर्नेमा बाराको कोल्हाबी नगरपालिका वडा नम्बर ६ बस्ने २५ बर्षीय राजन चौधरी , त्यही ठाउँका १९ बर्षीय आकाश चौधरी , रौतहटको राजपुर नगरपालिका वडा नम्बर १ का १९ बर्षीय मोहन कुमार साह र भारत बिहार राज्य जिल्ला मोतिहारी थाना झरौखारा , पंचायत कबैया ग्राम खरसलवा वडा नम्बर ७ का महमद आलम रहेका बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकरी दिनुभयो ।

प्रवक्ता न्यौपानेका अनुसार बिशेष सुचनाको आधारमा खटिएको प्रहरीकोले नक्कली नोटको कारोबारमा संलग्न तीन जनालाई पक्राउ गरेको र उनीहरुको वयानको अधारमा भारतीय नागरिकलाई समेत पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट नक्कली नेपाली नोट १३ लाख १६ हजार बरामद गर्नुको साथै ना ३४ प ३५१२ नम्बरको १५० सिसिको पल्सर र बी.आर ०६ ए .डब्लु २७५८ भारतीय नम्बरको ग्लेम्बर मोटरसाईकल र एउटा साईकल नियन्त्रणमा लिएको सुचना अधिकारि समेत रहनुभएको न्यौपानेले जनाउनुभयो ।

-कलैया , बारा – प्रियंका दास 

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर