सप्तरी जिल्ला अदालतले १५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा राजविराज नगरपालिका-१ पडरियाका १७ वर्षीय किशोरलाई बिहीबार आठ वर्षको कैद सजाय सुनाएको छ । सप्तरी जिल्ला अदालतका न्यायाधीश दीपककुमार दाहालको इजलासले ५० हजार रुपैयाँ क्षतिपूर्ति, ३६ हजार रुपैयाँ तीन सय ३३ जरिवानाको फैसला गरेको छ ।
आरोपित किशोर ०८० असोज २४ गते पक्राउ परेका थिए । जिल्ला अदालतमा ०८० कात्तिक १३ गते अभियोग पत्र दायर भएकामा न्यायाधीश सञ्जिव पोखरेलको इजलासले गत कात्तिक १४ गते किशोरलाई बाल सुधारगृह वीरगन्ज पठाएको थियो ।







