साजिर मन्सूर
कलैया,जेष्ठ १८
प्रथम शोभावती शर्मा “मा” मेमोरियल अन्तर स्कुल स्तरिय बास्केटबल प्रतियोगिताको उपाधिमाथी ग्यालेक्सी पब्लिक स्कुलले कब्जा गरेको छ ।
कलैयाको सिदेस्वर स्थित बास्केटबल को कोटमा सन्चालन भैरहेको प्रतियोगितामा छात्र एवम छात्रा दुबै तर्फ ग्यालेक्सीले उपाधी हात पारेको छ ।
प्रतियोगिताको छात्र तथा छात्रा तर्फ श्री ३ चन्द्र माबी स्कुल दोश्रो भएको छ । त्यस्तै प्रतियोगिताको पुरुष तर्फ बाल एकता बोर्डिङ स्कुल र महिला तर्फ ब्राईट ल्याण्ड बोर्डिङ स्कुल तेस्रो भएका छन ।
विजयी स्कुल तथा टिमहरुलाई पुरस्कार,मेडल,प्रमाणपत्र तथा ट्रफि वितरण गरिएको छ । कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नाथु साहले उनीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेको आयोजक कलैया बास्केटबल क्लबका अध्यक्ष हरिओम साहले बताए ।
प्रमुख अतिथि समेत रहेका प्रमुख प्रशासकिय अधिकृत साहले उपमहानगरपालिकाले खेल क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर अगाडि बढिरहेको बताए । उनले उपमहानगरपालिकाले देश बिदेशमा कलैयाको नाम फैलाउने खेलाडी का लागि बिशेष प्याकेज ल्याउने बताएका छन ।
आयोजक समितिका अध्यक्ष साहले खेललाई प्रतियोगितामा मात्रै सीमित नराखि सिक्ने थलोको रुपमा पनि लिनुपर्ने बताए । उनले हरेक बर्ष यस्ता प्रतियोगिता को आयोजना गरिने समेत बताए ।
प्रतियोगिता सन्चालन गर्न कलैया उपमहानगरपालिका,टाईटल एक्स्पोन्सर डा. कौषल तिवारी,महालक्ष्मी बिकास बैंक,न्यु ॐ किराना,नेशनल ईन्फोटेक कलेज बिरगंज,बिआईटी कलेज बिरगंज,ईडु सन्जाल बिरगंज ले सहयोग गरेको आयोजक कमिटिका बिबेक तिवारिले जनाएका छन । तिवारिले प्रतियोगिता को बिजेता खेलाडी हरुलाई बिआईटी कलेज र एनआई कलेज ले जर्सी उपलब्ध गराएको जनाए ।
समापन कार्यक्रममा महालक्ष्मी बैंक प्रसौनी का प्रमुख कुन्दन राज दास,ऋण शाखा प्रमुख राकेश कुश्वाहा,समाजसेवी राम कुमार शर्मा,सरोज साह,सुनिल कुश्वाहा,हरेराम मेहता,समसाद मन्सूर,उमेश पटेल लगायत खेलप्रेमिहरुको उपस्थिति रहेको थियो ।







