कलैया -जिल्ला प्रहरी कार्यालय बाराले लेनदेन मुद्दाका एकजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ  ।

पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ५ घुसकपुर बस्ने ५५ बर्षिय प्रकाश प्रसाद तिमल्सिना रहेको प्रहरी प्रवक्ता एवम सुचना अधिकारि बिरेन्द्रराज गुरुङले जनाउनुभयो  ।

जिल्ला अदालत बाराबाट लेनदेन मुद्दामा २५ लाख ५ पैसा जरिवाना पश्चात फरार रहेका तिमल्सिनालाई आफ्नै गाउँघरमा लुकिछिपी बसेको अस्वस्थामा पक्राउ गरिएको गुरुङले बताउनुभयो  ।

पक्राउ परेका तिमल्सिनालाई जिल्ला अदालत  कलैयामा दाखिला गरिएको र अदालतको निर्देशन अनुसार कारवाही प्रक्रिया अगाडी बढाईएको  गुरुङले जनाउनुभयो ।

-कलैया बारा -प्रियंका दास 

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर