साजिर मन्सूर
कलैया,जेष्ठ १९
महागढिमाई नगरपालिका वडा नम्बर ५ स्थित श्री बौधिमाई रंगशाला बगडमपुरमा प्रथम महागढिमाई मेयर कप फुटबल प्रतियोगिताको आज मेयर उपेन्द्र प्रसाद यादवले उदघाटन गरेका छन । उनले अहिले जलबायु परिवर्तनले सारा सन्सार आक्रान्त भएको भन्दै हामी सबैले मिलेर यो सङ्ग् लड्नुपर्ने बताएका छन । उनले हरेक घरधुरीले अनिवार्य बृछारोपण गर्नुपर्ने बताए । खेल र खेलाडीका लागि हर सम्भव सहयोग गर्ने मेयर यादवले बताएका छन । उनले बौधिमाई रङ्गशालाका लागि आवस्यक बिकास गर्न प्रतिबद्धता समेत जनाएका छन ।
वडा अध्यक्ष गजेन्द्र प्रसाद जयस्वालले जेष्ठ १९ गते देखि जेष्ठ २७ गते सम्म नक आउट चरणमा प्रतियोगिता गराईने जयस्वालले जानकारी गराएका हुन । कोरोना अगाडी प्रतियोगिता शुरु भएपनी कोरोना आएपछि यो प्रतियोगिता लाई निरन्तरता दिन नसकिएको प्रती दुख ब्यक्त गर्दै अब हरेक बर्ष यो प्रतियोगिता गराईने जयस्वालाले पुनः प्रतिबद्धता जनाएका छन ।
प्रतियोगितामा बारा,पर्सा,रौतहट,सर्लाही,धनुषा,चितवन र मकवानपुरका विभिन्न टिम सहभागी रहने आयोजक लिओ क्लब अफ गन्जभवानिपुरका अध्यक्ष चन्दन सरार्फले भने ।
नगरस्तरिय योजना रहेको यो प्रतियोगिताको लागि कुल रु.८ लाख ९० हजार बजेट रहेको उनले बताएका छन ।
प्रतियोगिताको बिजेताले ट्रफी मेडल प्रमाणपत्र सहित नगद रु.१ लाख र उप बिजेताले ट्रफी,मेडल प्रमाणपत्र सहित नगद रु. ५० हजार उपलब्ध गराईने आयोजक क्लबका अध्यक्ष सरार्फले जनाएका छन ।
लियो क्लब अफ गन्जभवानिपुरले आयोजना गर्ने प्रतियोगिताको लागि सहयोग महागढिमाई नगरपालिकाले गरेको छ ।
प्रतियोगिताको उदघाटन खेलमा आज भएको चपुर र हेटौंडा भिडिरहेका छन ।
यस अगाडी एक कार्यक्रमका बिच लिओ क्लब अफ गन्जभवानिपुरका अध्यक्ष चन्दन सरार्फको अध्यक्षता एवम प्रमुख अतिथि मेयर उपेन्द्र प्रसाद यादवको प्रमुख आतिथ्यमा भएको उदघाटन समारोहमा बिशिस्ट अतिथि निमित प्रमुख प्रशासकिय अधिकृत बिजय प्रसाद कुश्वाहा,वडा अध्यक्षहरु क्रमशः मनोज गुप्ता,बिश्वनाथ कुश्वाहा,उपेन्द्र प्रसाद जयस्वाल,मनोज जयस्वाल,गजेन्द्र प्रसाद जयस्वाल,गेनालाल प्रसाद यादव,शिवेन्द्र प्रताप सिंह,ओहाब अन्सारी,दिलिप शुक्ला,चन्दन साह,अरबिन्द बन्ठा कार्यपालिका सदस्यहरु जियालाल साह कानु,मनोज जयस्वाल,महेश जयस्वाल,अन्जलि पास्वान,रुपकलि देबि,शिक्षा शाखा प्रमुख राम बिश्वास चौरसिया,नगर उधोग बाणिज्य संघ महागढिमाईका अध्यक्ष रुस्तम अन्सारी,लायन्स क्लब अफ गन्जभवानिपुरका ब्यवस्थापक अमानुल्लाह अन्सारी,श्री नेरा माबी बगडमपुरका प्रधानाध्यापक सरोज पास्वान,काङ्ग्रेस नेता बैजनाथ यादव,काङ्ग्रेस महाधिवेशन प्रतिनिधि गोपाल प्रसाद जयस्वाल,अङ्गद पाण्डे,वडा सदस्य ओमप्रकाश चौधरी,समाजसेवी धिरेन्द्र जयस्वाल,लिओ क्लब गन्जभवानिपुरका कोषाध्यक्ष नौषाद देवान,सचिव सङ्गिता जयस्वाल,लायन्स क्लब बिरगंज का अध्यक्ष पप्पु श्रीवास्तव,पुर्व अध्यक्ष बलराम श्रेष्ठ,बिनित जैस्वाल,सचिव हरिॐ रौनियार सहित खेलप्रेमी जनसमुदायको उपस्थिति रहेको थियो ।
लिओ क्लब अफ गन्जभवानिपुरका सचिव श्रीयन्का गुप्ताले स्वागत गरेको उदघाटन शत्रको सन्चालन बाराका पत्रकार साजिर मन्सूरले गरेका थिए ।







