साजिर मन्सूर 

कलैया,जेष्ठ २१

बारा सदरमुकाम कलैयामा जातिय भेदभाव तथा छुवाछूत उन्मुलन रास्ट्रीय दिवस अन्तरक्रिया कार्यक्रमको आयोजना गरि मनाईएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत जिल्ला प्रहरी कार्यालय बाराले करण राज प्यालेसमा कार्यक्रमको आज आयोजना गरेको हो ।

oplus_2

नेपाल चार वर्ण छतिस जातको फुलबारी भएको सुनौलो देश भएको र हामी आज पनि छुवाछूतको समस्या देखिनु दु:खद भएको एसपी महेन्द्र खडकाले बताएका छन । दलितले गैर दलितको घरमा जान नपाउने भएको आज को समाज परिवर्तन गर्न सबैले मिलेर बढ्नुपर्ने बताए । २०२० मा मुलुकी एन आउदा नै भेदभाव गर्न नपाईने उल्लेख भएपनी आज सम्म हट्न नसकेको बताए । पुरानो संस्कारका रुपमा रहेको छुवाछूतलाई हटाउन नया पुस्ताले मात्र सम्भव रहेको बताउदै यसलाई हामी सबैले मिलेर यसको अन्त्य गर्नुपर्छ ।

समाजमा देखिएका जातिय छुवाछूत द्वन्द गर्न आतुर मान्छेलाइ कानुनी कठघरामा उभ्याउने र कानुन बमोजिम कार्वाही गर्ने बताए । जबसम्म हाम्रो सोच परिवर्तन हुदैन तबसम्म उन्नत समाजको परिकल्पना गर्न नसकिने बताएका छन ।नेपालमा छुवाछूत सम्बन्धि पर्याप्त कानुन रहेपनि त्यसका विरुद्ध धेरैलाई जानकारी नहुदा पनि हामी नियन्त्रण गर्न नसकेकोले सबैले यसका बारे समाजमा चेतना जगाउने अनि कतै छुवाछूत भेदभाव भए प्रहरीमा उजुरी गर्न आग्रह गरे । एसपी खड्काले २०६८ सालदेखी रास्ट्रीय दिवसका रुपमा अभियान कै रुपमा मनाउन शुरु गरिएको जानकारी गराए ।

oplus_3

 

बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वडा नम्बर ६ का अध्यक्ष रामबिश्वास ठाकुर,वडा नम्बर ४ का अध्यक्ष रामेश्वर यादव,काङ्ग्रेस युवा नेतृ प्रीयन्का दास,दलित महिला संघ बाराकी अध्यक्ष किशमती राम,महिला सन्जाल बाराकी अध्यक्ष बबिता जयस्वाल,महिला अधिकारकर्मीहरु सरस्वती खरेल,मन्दा दलि,ब्लु हेभेन नेपालको कार्यक्रम सम्योजक पुर्णिमा श्रेष्ठ लगायत अधिकारकर्मिहरु साथै दलित समुदाय एवम सयौको संख्यामा उपस्थिति रहेको थियो ।

oplus_2

 

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर