भारतको मध्य प्रदेश राज्यको राजगढमा गए राति भएको ट्र्याक्टर दुर्घटनामा १३ जनाको ज्यान गएको छ । मृतक १३ जना सबै राजस्थानको झालवार जिल्लाका बासिन्दा भएका बीबीसी हिन्दीले जनाएको छ ।

तीव्र गतिमा गुडिरहेको ट्र्याक्टर अनियन्त्रित हुँदा दुर्घटना भएको बताइएको छ । ट्र्याक्टरमा जन्ती गइरहेका खबरमा उल्लेख छ । दुर्घटनामा ट्र्याक्टरको ट्रलीमा सवार १३ जनाको ज्यान गएको हो ।

दुर्घटनामा घाइते ४० जनाको अस्पतालमा उपचार भइरहेको छ । केही घाइतेकाे जिल्ला अस्पताल राजगढ र केहीकाे भोपालमा उपचार भइरहेकाे छ ।

-बिबिसी हिन्दि 

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर