बाँकेको कोहलपुरमा पौडी  खेल्ने क्रममा डुबेर एक किशोरको मृत्यु भएको छ।

कोहलपुर  १२-सुन्दरबस्तिका  १६  वर्षीय विशाल परियारको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको  ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिनुभएको छ।

अत्यधिक गर्मी बढेपछि  केही दिनदेखि विद्यालय बन्द छन् । विद्यालय बन्द भएसँगै  गर्मी छल्न घर नजिकैको डढुवा खोलामा  साथीहरूसँग पौडी खेल्न गएका विकको  डुबेर मृत्यु भएको हो।

पौडी खेल्ने क्रममा  डुबेका किशोरलाई स्थानीय र प्रहरीहरू मिलेर खोजिकार्य गरेपछि  विकको शव  फेला परेको निरीक्षक भट्टराईले जानकारी दिनुभएको छ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर