मधेश प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका सतिशकुमार सिंह नियुक्त हुनुभएको छ । ६ दलका ५५ जना सांसदको समर्थनमा सिंह मधेश प्रदेशको तेस्रो मुख्यमन्त्री नियुक्त हुनुभएको हो । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को २ बमोजिम सिंहलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ । उहाँले केहीबेरमा पद तथा गोपनीयताको शपथ लिँदै हुनुहुन्छ ।

मुख्यमन्त्रीमा सिंहले शपथ लिएपछि ११ सदस्यीय मन्त्रिपरिषद्समेत गठन गर्ने तयारी छ । ६ दलबीच मन्त्रालयको बाँडफाँटमा सहमति जुटेको छ । अर्थमन्त्रीमा नेकपा (माओवादी केन्द्र) का भरतप्रसाद साह तथा उद्योग, वाणिज्य र पर्यटनमन्त्रीमा माओवादीकै युवराज भट्टराईलाई नियुक्त गर्ने तयारी छ ।

यस्तै नेकपा एमालेबाट सरोजकुमार यादव (महोत्तरी) भौतिक पूर्वाधार विकासमन्त्री, नेकपा (एकीकृत समाजवादी) बाट गोविन्दबहादुर न्यौपाने भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री र एकीकृत समाजवादीकै बेंची लुङेलीलाई ऊर्जा, सिँचाइ र खानेपानीमन्त्री नियुक्त गर्ने तयारी छ ।

नेपाल सङ्घीय समाजवादी पार्टीकी विमला अन्सारी तरुन्नुमलाई गृह, सञ्चार तथा कानुनमन्त्री र नागरिक उन्मुक्ति पार्टीकी उर्मिलादेवी सिंहलाई श्रम तथा यातायातमन्त्रीको जिम्मेवारी तोक्ने तयारी छ । एमालेको भागमा परेको स्वास्थ्य, शिक्षा र खेलकुद मन्त्रालयमा कसलाई पठाउने निर्णय गर्न बाँकी छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर