साजिर मन्सूर
कलैया,जेष्ठ २६
श्री बरेवा बोयज स्पोर्ट्स एन्ड फिट्नेश क्लबको आज पुर्व प्रदेश सान्सद पारस साहले एक कार्यक्रमका बिच रिबन काटेर उदघाटन गरेका छन । कलैया ७ बरेवा बैरिया स्थित छठिया घाटमा बनेको क्लबको भवनमा सो फिट्नेस क्लबको उदघाटन गरिएको हो ।

oplus_2
कार्यक्रमका प्रमुख अतिथि पुर्व प्रदेश सभा सदस्य पारस साहले स्वस्थ नागरिक का लागि फिट्नेश आवस्यक भएको बताए । हाम्रो सोचमा सकारात्मकता नभएका कारण हामी पछि पर्दै गएको बताए । सरकारले खेलकुदका लागि आवस्यक खर्च नगेकाले हाम्रा युवा दुर्ब्यनमा पर्दै गएको बताएका छन । सबैलाई खेलकुद सङ्ग जोड्न उनले आग्रह गरे ।

oplus_2
कार्यक्रमका बिशिस्ट अतिथि समेत रहेका कलैया उपमहानगरपालिकाका मेयर बिनोद साहले खेलकुदको बिकासले मात्र समाजमा बिधमान विभिन्न बिकृती बिसङ्गती लाई निर्मुल पार्न सकिने बताएका छन । अहिले हाम्रो समाजमा युवाहरु विभिन्न खालका लागू औषध दुर्ब्यसनिको सिकार भैरहेको हुदा यस्ता क्लबका खेलाडी भाईहरुले त्यस्ता कुलतमा लागेका हाम्रा युवा लाई सहि बाटोमा ल्याउन भुमिका खेल्नुपर्ने बताएका छन । हाम्रो कतियौ घर परिवार गलत सङ्गतमा परेका युवाहरुका कारण बर्बाद भएको दिनहुको खबरले हामी अत्यन्तै दुखित भएको बताउदै कलैया भनेकै खेल र खेलाडीको उर्वर भुमी भएको र यसमा आवस्यक जति मलजल गर्न आफू तयार रहेको मेयर साहले बताएका छन ।
मुक्ति यादवले खेलकुदमा लगानी गरेकोमा कलैया उपमहानगरपालिकालाई आभार ब्यक्त गरे । यादवले स्वास्थ नै धन भएको भन्दै रोग लाग्न नदिन शारीरिक अभ्यास गर्न सुझाव दिए । समाजका असल युवाले मात्र देश बनाउन सक्ने बताए । मेयर साहले क्लबका लागि आवस्यक सबै पुर्वाधार पूरा गर्ने प्रतिबद्धता जनाएका छन ।
क्लबका अध्यक्ष राजाबाबु गुप्ताले कलैया उपमहानगरपालिकाले जिम क्लबका लागि रु.५ लाख र वडा नम्बर ७ को रु.२ लाख गरि जम्मा रु. ७ लाख बराबरको जिमका खेल सामग्री हस्तान्तरण गरेको बताएका छन । अध्यक्ष गुप्ताले
क्लवमा हाल ३० जना सदस्य रहेको र यो जिम कलब सन्चालनमा आएदेखी यस नगरका जो सुकै युवाले मासिक ५ सय सहयोग शुल्क बुझाएर यहाँ अभ्यास गर्न सकिने बताए । समाजमा आवस्यकता अनुसारको हरेक समाजिक गतिविधिमा क्लबले प्रत्यक्ष सहयोग गर्ने उदेश्य का साथ अघि बढ्ने अध्यक्ष गुप्ताले जनाए ।
सो अवसरमा क्लबका लागि योगदान गरेका विभिन्न ब्यक्तित्वहरुलाई गम्छाले सम्मान गरिएको थियो ।
अध्यक्ष गुप्ताको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा वडा नम्बर ७ का वडा अध्यक्ष शैफुल्लाह मिया अन्सारी,वडा सदस्य सुदिस्ट साह,सुरेश यादव,कल्पना अधिकारी,गिता देबि,नेमकिपा बाराका अध्यक्ष एवम जनहित पुस्तकालय बरेवाका अध्यक्ष मुक्ती यादव,अमित मिश्र,सुजित पान्डे,पुरुशोतम साह,आमोद गुप्ता लगायतकाको उपस्थिति रहेको थियो ।
सन्चारकर्मी साजिर मन्सूरले सन्चालन गरेको कार्यक्रममा स्वागत सुरेश मोदकले गरेका थिए ।







