कलैया । आन्तरिक हवाई उडान पूर्णरूपमा सञ्चालन हुने निर्णय भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आवश्यक स्वास्थ्य मापदण्ड पालना गर्दै आन्तरिक उडान पूर्णरूपमा सञ्चालन गर्ने अनुमति दिने निर्णय गरेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले अनुमति दिए संगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले सम्बन्धित एयरलाइन्सलाई परिपत्र गरी स्वास्थ्य सावधानीका साथ उडान सञ्चालनको तालिका निर्धारण गर्ने छ ।

यही असार १७ देखि कुल संख्या को ५० प्रतिशत मात्र यात्रु राखेर आन्तरिक उडान सुरु भएको थियो । यस्तै अन्तर्राष्ट्रिय उडान हप्तामा ५३ वटा हुने भएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर