कलैया – जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिका वडा नम्बर ११ मूर्लीबाट ६१ हजार बारबरको भन्सार छलीका मोटरपार्टसहरु बरामद भएको छ ।

बालाजु ट्रेडर्सकोका सञ्चालक मोनु कुमारले प्रभु साह कानुको घर भाडामा लिई भन्सार छली गरी ल्यार लुकाई राखेको ६१ हजार ७ सयको मोटरसाईकल पार्टसहरु बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

बरामद भएको उक्त मोटरसाईकल पार्टस आवश्यक कारवाही वीरगंज भन्सार कार्यालयमा बुझाईएको पर्सा प्रहरीले जनाएको छ ।

बालाजु ट्रेडर्सको संचालक मोनु कुमारले लुकाई छिपाई राखेको जम्मा रु. ६१,७००। बराबरको मोटरसाईकल पार्टसहरु वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको ।

-कलैया , बारा – प्रियंका दास 

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर