कलैया -बाराको कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको गोलि हानी हत्या गरेको आशंकामा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

कुशवाहाको हत्या लगत्तै अनुसन्धानमा खटिएको प्रहरीले सोधपुछका लागि २ जनालाई पक्राउ गरेको बाराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताउनुभयो ।

पक्राउ परेका दूईजनाको प्रहरीले परिचय खुलाएको छैन । हिजो साँझ बाराकै आदर्श कोतवाल गाउँपालिका-३ बतरा टोलमा अज्ञात समुहले गोली हानी कुशवाहाको हत्या गरेका थिए ।

गोलि लागेर गम्भीर घाईत हुनुभएको कुशवाहालाई उपचारको वीरगंजस्थित नारायणी बयोधा मेडिसिटी अस्पतालमा पुर्याउँदा चिकित्सकले मृत घोषित गरेका थिए ।

बाराको आदर्शकोतवाल – २ निवासी कुशवाहा गाँउबाट कलैया तर्फ जाने क्रममा मोटरसाइकलमा आएका अज्ञात समुहले गोली प्रहार गरेका थिए ।

-प्रियंका दस – कलैया , बारा 

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर