
कलैया । लायन्स क्ल्ब अफ कलैयाले आज सदरमुकाम कलैयामा खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
रक्तदान कार्यक्रममा नगरका ६ जना महिला संगै १४० जनाले रक्तदान गरेको कार्यक्रम सम्योजक तथा उधोग बाणिज्य संघ बाराका उपाध्यक्ष लायन प्रदिप साह उर्फ गोल्डेनले जानकारी गराएका छन ।
कोरोना महामारीका बिच आम जन समुदाय मा रहेको डरलाई पनि हटाउन र रक्त सन्चार केन्द्रमा रहेको रगतको अभावलाई सम्बोधन गर्न रक्तदान कार्यक्रमको आयोजना गरिएको आयोजक लायन्स क्लब अफ कलैयाका अध्यक्ष लायन दिलिप चौधरीले जानकारी दिनु भयो ।
लायन्स क्ल्बले कोरोना महामारीका बेला जनतालाई आवस्यक परेको सबै खाले अभाव र आवस्यक्ता लाई पूरा गर्न चाहेको भएपनी आफुहरुले निशुल्क अक्सिजन बैंक,निशुल्क अक्सि मिटर,कलैया अस्पताललाई मेडिकल सामग्री,नगर भरी सेनिटाईजर छिर्काउ,सेनिटाइजर टर्मिनल निर्माण,निशुल्क मास्क बैंक मार्फत बितरण,कोभिड सम्बन्धि विभिन्न खाले जनचेतना मुलक कार्यक्रम,रेडियो संदेश जस्ता महत्वपूर्ण कार्यहरु गरिएको नगरको सब भन्दा सक्रिय समाजसेवी समेत रहेका कल्बका अध्यक्ष लायन चौधरीले बताए ।
लायन्स क्लब अफ कलैया को कार्यक्रम मा बिश्वास एफ एम मिडिया पार्टनर को रुपमा रहेको थियो ।