वीरगंज-जिल्ला प्रहरी कार्यालय पर्साले प्रतिबन्धित गाँजासहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर ४ भतौडाका २२ बर्षिय अमित कुमार चौधरी मलाह रहेका छन ।
बिशेष सुराकीको अधारमा ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलिबाट गएको प्रहरीको टोलीले शनिबार दिउंसो मलाहको घर खानतलासी गर्दा २२ किलो प्रतिबन्धित गाँजा फेला परेपछि उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका मलाहमाथि प्रतिबन्धित लागुऔषध सम्बन्धि मुद्दामा अनुसन्धान भईरहेको छ ।







