कलैया – बाराको अटलवस्तीमा भएको आगलागीमा परि एउटा कच्ची दुई तल्ले घर जलेर नष्ट भएको छ । जिल्लाको निजगढ नगरपालिका वडा नम्बर दुई सिंगौलको अटलवस्तीमा भएको आगलागीमा परि लिलाधर सपकोटाको दुई तल्ले कच्ची घर जलेश नष्ट भएको पहरीले जनाएको छ ।

बारा प्रहरीका अनुसार आगलागीमा परि घरसंगै घरमा रहेको खाद्यान्न, गरगहना, महत्वपूर्ण कागजात, लत्ताकपडा ,भाँडावर्तन र मोबाईल जलेर करिब १५ लाख रुपैयाँ बराबरको क्षती भएको हो  ।

सापकोटाको भान्साबाट सल्किएको आगोले घरसंगै सम्पूर्ण सामान जलेर नष्ट भएको हो । आगोलाई ईलाका प्रहरी कार्यालय निजगढ , सशस्त्र प्रहरी , नेपाल प्रहरी नगरका दमकल र स्थानीय मिलि निभाएका थिए ।

-प्रियंका दास , कलैया -बारा 

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर