कलैया – जिल्ला प्रहरी कार्यालय पर्साले दुई करोड भन्दा बढीको सामान बोकेको ३ वटा ट्रकलाई नियन्त्रणमा लिएको छ । बिशेष सुचनाको आधारमा खटिएको पर्सा प्रहरीको टोलीले वीरगंज महानगरपालिका वडा नम्बर २५ अईसिपी गेट अगाडिको सडकबाट २ करोड २९ लाख ६ सय ५७ रुपैयाको हार्डवेयर , कपडा तथा खुद्रा सामान नियन्त्रणमा लिएको हो ।
प्रहरीले ना.३ ख ६९०५ , ना३ ख ५१६७ र ना ३ ख २६२० नम्बरको ट्रकहरुमा लोड रहेको उक्त मूल्य बराबरको सामान नियन्त्रण लिएर आवश्यक अनुसन्धान तथा थप कारवाहीको लागी राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको जनाएको छ ।
-प्रियंका दास , कलैया -बारा







