कलैया -हात्तीको दारासहित जिल्ला प्रहरी कार्यालय पर्साले तिन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्सा वीरगंज महानगरपालिका वडा नबर १४ पिप्रका ४० बर्षीय प्रेम शर्मा , वडा नम्बर ३१ का अमिरिलाल महत्तो र पर्साकै ठोरी गाउँपालिका वडा नम्बर ४ बिजयबस्तीका ४१ बर्षीय कुईसंग लामा रहेका छन ।
बिशेष सुराकीको अधारमा खेटेको प्रहरीको टोलीले ठोरी गाउँपालिका वडा नम्बर ४ का चन्द्र परियारको खेतमा खाल्डो खानी लुकाई राखेको २१/२१ किलोको दुई वटा हात्तीको दारासहित उनीहरुलाई प्रकाउ गरेको छ ।
पक्राउ परेका तिनै जनामाथि डिभिजन वन कार्यालय पर्साकोसंग समन्वय गरी आवश्यक अनुसन्धान प्रक्रिया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
-प्रियंका दास – कलैया , बारा







