कलैया – लागुऔषध ओनेरेक्ससहित वीरगंजबाट ३ जना पक्राउ परेका छन ।

पक्राउ पर्नेहरुमा पर्साको वीरगंज महानगरपालिका वडा नम्बर २ बस्ने १९ बर्षीय विकास सर्राफ , मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नम्बर ७ का ३२ बर्षीय अजय रोक्का र ३० बर्षीय दिपेन्द्र अधिकारी रहेका छन  ।

बिशेष सुराकीको आधारमा खटिएको प्रहरीको टोलीले वीरगंज महानगरपालिका वडा नम्बर २१ हनुमानचोकमा बा.प्र.०३-००१ ख १९९८ नम्बरको मालबाहक ट्रकलाई रोकेरे खानतलासी गर्दा चालकको सिट पछाडीको सिटमुनि दू वटा मलको बोरामा लुकाई राखेको लागुऔषध ओनेरेक्स १०० एमएलका २२२ बोतल फेला परेपछी उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दिपक भारतीले जनाउनुभयो ।

पक्राउ परेका तिनै जनालाई जिल्ला अदालत पर्साबाट ५ दिनको म्याद लिएर लागुऔषध कसुर सम्बन्धि कसुरमा अनुसन्धान भईरहेको प्रहरी नायव उपरीक्षक भारतीले बताउनुभयो ।

-प्रियंका दास – कलैया , बारा  

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर