साजिर मन्सूर

कलैया,असार १०

“शैक्षिक प्रशासनिक पर्यटकिय शहर स्वच्छ समुन्नत कलैया नगर कृषि र पुर्वाधार समृद्ध कलैयाको आधार” नारा सहित

बारा जिल्लाको सदरमुकाम मा रहेको कलैया उपमहानगरपालिकाको १३ औ नगर सभा शुरु भएको छ । सभा होटेल करण राज प्यालेसमा शुरु भएको हो ।

सभामा नीति कार्यक्रमलाई उप मेयर रौषन प्रविणले प्रस्तुत गरेकी थिईन । उप मेयर प्रवीणले कलैयाको आव २०८१/०८२ को लागि १ अर्ब ५१ करोड ९१ लाख ३३ हजारको बजेट प्रस्तुत गरेकी छन ।

 

कार्यक्रममा स्वागत मन्तब्य दिदै प्रमुख प्रशासकिय अधिकृत नेपाल सरकारका उप सचिव नाथु साहले हालको आर्थिक मन्दिका बेला पनि सबैले बिचार गरि बजेट ल्याएकोमा धन्यवाद दिए ।

 

नगर प्रमुख बिनोद साहले कलैयाको बिकासकालागी कसैको प्रभाव वा दबाबमा कलैया सरकार पछि नहट्ने बताउदै यसका लागि नगर बासिले समेत साथ दिइरहेको बताएका छन । कलैया बजारको कायापलट भैरहेको र यसमा सारा नगरबासी आफ्नो साथमा देखिएको बताएका छन । सो अवसरमा नगर प्रमुख बिनोद साहले चैत्र मसान्त भित्रै मानवत मटिअर्वा को बाटो सम्पन्न हुने बताएका छन ।

 

यस्तै नगर सभा सदस्य हिरामती आर्याले यस अगाडि आफुले सम्पुर्ण नगर बासिको लागि आवाज उठाएको र निरन्तर नगरको बिकासका लागि लाग्ने बताईन । सबै नगर सभा सदस्यको भावना अनुसारको बजेट ल्याएकोमा मेयरलाई धन्यवाद दिईन ।

सो अवसरमा पालिका उत्कृष्ट कर्मचारी,करदाता,जग्गादाता तथा उत्कृष्ट शिक्षकहरुलाई नगद र सम्मान पत्र सहित सम्मानित गरिएको छ ।

नगर सभाको सन्चालन जिन्सी शाखा प्रमुख नरोतम अधिकारीले गरेका थिए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर