कलैया – बाराको सदरमुकाम कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभुषण प्रसाद कुशवाहाको हत्या गरेको आरोपमा पक्राउ परेका सात जनामाथि मुदा दर्ता भएको छ ।

बाराको आदर्श कोतवाल गाउँपालिका–२ निवासी कुशवाहाको बितेको असार ३२ गते साँझ सवा पाँच बजेको समयमा अज्ञात समुहले गोली प्रहार गरी हत्या गरेको थियो ।

गोली लागी घाइते भएका उनलाई उपचारको लागि बयोधा अस्पताल वीरगञ्ज लगिएकोमा कुशवाहाको मृत्यु भएको थियो । उनको हत्याको आरोपमा प्रहरीले पक्राउ गरेको सात जनामाथि मंगलबार कर्तव्य ज्यान तथा हातहतियार खरखजाना मुद्दा दर्ता भएको हो ।

पक्राउ परेर मुदा दर्ता हुनेहरुमा आदर्श कोतवाल गाउँपालिका वडा नम्बर २ खजुरिया टोल बस्ने अवधलाल प्रसाद कुशवाहा, सोही स्थानका चांदसी प्रसाद कुशवाहा, राधेशकुमार पटेल र विनोद राउत कुर्मी रहेका छन् ।

यस्तै कलैया उपमहानगरपालिका–१० मटिअर्वा टोल बस्ने आम्रपाली भन्ने ब्रहमदेव राम र करैयामाई गाउँपालिका–७ पिपरा टोल बस्ने मोतिलाल चौधरी बिरुद्ध पनि मुदा दर्ता भएको बाराका प्रहरी प्रबक्ता दधिराम न्यौपानेले बताउनुभयो ।

उनीहरुको साथबाट बा ३२ प ७०५५,ना ५९ प ४७८९ र ना ३३ प ५४६२ नम्बरको तीन थान मोटरसाइकल,६ राउण्ड गोली, मोबाइल, ल्यापटप र नेपाली तथा भारतीय सिमकार्डहरु समेत बरामद गरिएको उहाँले बताउनुभयो ।

पक्राउ परेका सातैजनालाई कर्तव्य ज्यान तथा हातहतियार खरखजाना मुद्दामा मंगलबार अदालतबाट ६ दिनको म्याद थप गरिएको तथा घटनामा संलग्न अन्य फरार रहेकाहरुको खोज तलास जारी रहेको न्यौपानेले बताउनुभयो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर