कलैया ।प्रदेश प्रहरी कार्यालय प्रदेश २ का प्रहरी प्रमुख एवम प्रहरी नायब महानिरीक्षक उमेश रन्जितकारले जिल्ला प्रहरी कार्यालय बाराको निरीक्षण गरेका छन् ।

हालै प्रदेश २ को प्रमुखको जिम्मेवारी सम्हाल्नु भएका प्रदेश प्रमुख डिआईजि रन्जितकारले जिल्लाको समग्र शान्ति सुरक्षा र प्रहरी प्रशासनको आन्तरिक व्यवस्थापन बारे बुझ्नु भएको छ ।

निरीक्षणको क्रममा उहाँले जिल्ला प्रहरी कार्यालयमा रहेका विभिन्न शाखाहरूको निरीक्षण, हिरासतकक्ष तथा हिरासतमा रहेका थुनुवाहरूको सम्बन्धमा जानकारी लिनुभएको बारा प्रहरी प्रवक्ता एवन प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जनकारी दिनुभयो ।

यस सगैँ रन्जितकारले शाखाबाट हुने कामकारवाही छिटो–छरितो एवं पारदर्शी रूपमा सम्पन्न गर्न र व्यवसायिक प्रहरी बन्न तथा जनता सगँको सुमधुर सम्बन्धमा विशेष जोड दिन निर्देशन समेत दिएको मिश्रले जनाएका छन् ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर