कलैया – जिल्ला प्रहरी कार्यालय बाराले मोटरसाईकल चोरी मुद्दाको प्रतिवादीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाराको बरागढी गाउँपालिका वडा नम्बर १ पिपरा बस्ने २४ बर्षीय किसन दयाल चौधरी रहेका छन ।
जिल्ला अदालत बाराले मोटरसाईकल चोरी मुद्दामा उनलाई २ महिना ३ दिन कैद सजाय गरेपछि फरार भएका थिए ।
जिल्लाबाट खटिएको प्रहरीको टोलीले आफ्नै गाउँघरमा लुकिछिपी बसेका अवस्थामा चौधरीलाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनलाई अदालतको फैसला कार्यान्यनको लागी कारागार चलान गरिएको छ ।
-कलैया , बारा – प्रियंका दास







