कलैया – जिल्ला प्रहरी कार्यालय बाराले १ लाख भन्दा बाढीका भन्सार छली गरी नेपाल लयाउदै गरिएको सामान नियन्त्रणमा लिएको छ ।

बिशेष सुराकीको अधारमा खटिएको प्रहरीको टोलीले विश्रामपुर गाउँपालेका वडा नम्बर ४ बलिरामपुर स्थित भारतबाट नेपाल मोटरसाईकलमा लयाउदै गरेको जेसिबिका पार्टपुर्जालाई नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएको सामानको बजार मुल्य १ लाख २० हजार रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता दधिराम न्यौपानेले बताउनुभयो ।

तस्करले प्रहरीलाई देख्ने बितिकै सामानसहित मोटरसाईकल छोडेर फरार भएको उहाँले बताउदै आवश्यक कानुनि प्रक्रिया अगाडी बढाईएको जनाउनुभयो ।

– प्रियंक दास – कलैया, बारा

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर