कलैया । मध्यतराईको लोकप्रिय रेडियो, विश्वास एफ.एम ९३.६ मेगाहर्ज आजदेखि ७ आँै वर्षमा प्रवेश गरेको छ । “समाज परिवर्तन एवं विकासको आधार” भन्ने मूल अवधारणा लिएको विश्वास एफ.एम बि.स.२०७१ सालमा बारा जिल्लाको सदरमुकाम कलैयामा स्थापना भएको हो । विश्वास मिडिया प्रा.लि द्वारा संचालित विश्वास एफ.एम, बिहान ५ बजेदेखि राती ११ बजेसम्म निरन्तर १८ घण्टा प्रसारण गर्दै आएको छ ।

रेडियोले मूलतः समाचार, सूचनामूलक जानकारी एवं मनोरञ्जनात्मक कार्यक्रममा जोड दिदँै आएको विश्वास मिडियाका अध्यक्ष सन्नी जयसवाले बताउनु भएको छ । त्यसैगरी संचालिका प्रिंयका दासले समाचार प्रशारण बाहेक फरक रूपमा स्थानीय विषयवस्तुलाई प्राथमिकता दिएर प्रचार–प्रसार गर्ने र सामाजिक विषयवस्तुलाई स्थानीय तहको नीति निर्माता देखि प्रदेश हुँदै संघसम्म पु¥याउनका सहजकर्ताको भूमिका निर्वाह गरको भन्नुभयो ।

यथार्त परक सूचनाका लागि जनस्तरको चाहना र भावना प्रस्तुत गर्ने गरेको र दुर–दराजको आवाज, बिहिनहरूको आवाज बनेर समाजमा परिवर्तनका लागि सूचना सन्देश सम्प्रेषण गर्दै आएको रेडियोका प्रवन्ध निर्देशक साजिर मन्सूरले बताउनु भयो । छोटो समयमा मध्यतराईको लोकप्रिय रेडियो बनाउन सहयोग गर्ने सम्पूर्ण श्रोता विज्ञापनदाता तथा शभचिन्तकमा धन्यवाद दिदँै आगामि दिनमा समेत यस्तै माया सहयोग तथा सद्भावको आशा लिएको रेडियोका प्रवन्ध निर्देशक मन्सूरले सबैसंग आग्रह गर्नुभएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर