कलैया – रौतहट प्रहरीले २४ लाखभन्दा बढीको अवैध सामान नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय तथा मातहतका युनिटहरूबाट खटेको गस्ती टोलीले असार १ गतेदेखि १५ गतेसम्म उक्त मूल्य बराबरको भन्सार छलीको सामान नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालयकी प्रहरी नायव उपरीक्षक एलिजा गिरीले ७ लाख ३ हजार ५७९ रुपैयाँ बराबरको लत्ताकपडा, ३ लाख १ हजार ९८० रुपैयाँको किराना तथा खाद्यान्न, ६ लाख ४ हजार ८०० रुपैयाँ बराबरको औषधी, ८ लाख ५० हजार रुपैयाँ बराबरको सुपारी र विभिन्न सवारी साधन गरी कुल २४ लाख, ६० हजार ३०९ बराबरको अवैध सामान नियन्त्रणमा लिएको बताउनुभएको छ ।
नियन्त्रणमा लिएका सामानहरूलाई आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय गौर र राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको उहाँले बताउनुभयो ।
– कलैया , बारा – प्रियंका दास







