बाराको सदरमुकाम कलैयास्थित बिश्वास एफएम ९३.६ मेगाहर्ज आफ्ना ९ बर्ष सफलतापूर्वक सम्पन्न गरी आजबाट १० औँ बर्षमा प्रवेश गरेको छ । निरन्तर ९ बर्षदेखि समाचार , सामाजिक मुद्दा , राजनीतिक छलफल र मनोरन्जनको क्षेत्रमा काम गर्दै आएको सञ्चालिका प्रियंका दासले बताउनुभएको छ ।

सञ्चालिका दासले बिश्वास एफएम १० औँ बर्षमा प्रबेश गरेको उपलक्ष्यमा आज बिहिबार बिहान एउटा शुभकामना संदेश जारि गर्दै सम्पूर्ण बिज्ञापन दाता , सबै श्रोता , सुभेच्छुक , शुभचिन्तक , आफ्ना सबै बर्तमान र पूर्ब कर्मचारी र सल्हाकार प्रति हार्दिक आभार व्यक्त गर्नुभएको हो ।

उहाँले कर्मचारीको लगनशीलता , मेहनत र ईमान्दारिताका कारण आज आफ्ना निरन्तर प्रसारणको साथ सफलतापूर्वक १० औँ बर्षमा प्रवेश गर्न पाएको उल्लेख गर्नुभएको छ ।

आउने दिनमा समेत बिगत झैँ आफ्ना सम्पुर्ण सुभेच्छुकसंग माया , स्नेहको आपेक्षा लिईएको दासको भनाई छ ।

बदलिदो नयाँ परिस्थिति अनुसार अझैं शसक्त भएर नयाँ नेपाल निर्माणमा आफ्ना कलम चालाउनुको संगै बुलंदीका साथ अवाज उठाउने सञ्चालिका दासले प्रतिबद्धता जनाउनुभएको छ ।

नयाँ नेपालको समाबेशी अवाज बिश्वास एफएम दलित , सीमान्तकृत बर्ग , पिछडिएका समुदाय , आदिबासी , मुस्लिम तथा राज्यको मूल प्रबाहबाट बन्चित रहेका नागरिकको पक्षमा अवाज सधै उठाउदै आएको र उठाउदै जाने प्रतिबद्धताका साथ उनीहरुको हकअधिकार प्रति आफु समेत संबेदनशील रहेको दासको भनाई छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर