नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले एक महिनाभित्र सरकारी अस्पतालमा सेवा लिन लाइन लाग्न नपर्ने व्यवस्था गर्ने बताउनुभएको छ ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पदभार ग्रहण गर्दै उहाँले संघीय अस्पतालमा लाइन लाग्न नपर्ने व्यवस्था गर्ने बताउनुभएको हो ।

मन्त्री पौडेलले एक हप्ताभित्र तत्काल गर्ने काम र दीर्घकालीन कामहरुको सूची सार्वजनिक गर्ने बताउनुभयो । उनले सबै नेपालीलाई बिमाभित्र समेट्ने गरी कार्यक्रम ल्याउने पनि बताउनुभयो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर