जिल्ला प्रहरी कार्यालय बाराले कटुवा पेस्तोलसहित ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा महागढीमाई नगरपालिका- ११ मधुरीजब्दी बस्ने रमजान अंसारी, सुलतान अंसारी र राम कृपाल साह रहेका बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिनुभएको छ ।
प्रहरी प्रवक्ता न्यौपानेका अनुसार रामजान अन्सारीको आँपको बगैंचामा खाल्डोमा पुरी राखेको अवस्थामा खोजतलास गरी फेला परेकोले उनिहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका तिनै जनामाथि हातहतियार तथा खरखजाना सम्बन्धि मुद्दामा अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी प्रबक्ता डिएसपी न्यौपानेले जनाउनुभयो।







