जिल्ला प्रहरी कार्यालय बाराले चोरी गरेको आरोमा एकजना युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १० भई वडा नम्बर ६ मा कबाडी पसल सञ्चालन गर्दै आएका १८ बर्षिय युवक राहुल सर्राफ रहेको बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जनाउनुभयो ।

सर्राफले कलैया उपमहानगरपालिका वडा नम्बर ६ पावर हाउसस्थति उपेन्द्र जयसवालको घरमा कोहि नभएको मौका छोपी चोरी गरी लैजादै गरेको सामना बरामद गरी प्रहरीले पक्रेको उहाँले बताउनुभयो ।

चोरीको सामान वोरामा हालेर लैजादै गर्दा प्रहरीले सर्राफलाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा उनले चोरेको एलईडी टिभी १ थान , कपडामा लगाउने अईरन मेसिन १ थान दराजको हेन्डल १ थान बरामद गरेको छ । सैगरी चोरीमा प्रयोग पिलास १ थान , तोडेको ताल्चा १ थान , ताल्चाको साँचो १ थान बरामद भएको हो ।

पक्राउ परेका सर्राफमाथि जिल्ला अदालत बाराबाट ४ दिनको म्याद थप गरी चोरी सम्बन्धि कसुरमा आवश्यक अनुसन्धान भईरहेको प्रहरी प्रवक्ता न्यौपानेले बताउनुभएको हो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर