बारामामा पछिल्लो ३ आर्थिको बर्षको तथ्यांक अनुसार आत्महत्या गर्नेहरुको संख्यामा वृद्धि भएको देखिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराले बुधबार सार्वजनिक गरेको त्रि-बर्षिय तथ्यांक अनुसार आर्थिक बर्ष २०७८/७९ सालमा ४६ पुरुष ४९ जना महिला र ८ जना बालिका गरी जम्मा १३९ जनाले आत्महत्या गरेका थिए भने आर्थिक बर्ष २०७९/८० मा ४७ पुरुष ४६ जना महिला र २० जना बालिका आत्महत्या गरेका छन ।

त्यसैगरी हालै सम्पन्न आर्थिक बर्ष २०८०/८१ सालमा ६८ पुरुष ६४ महिला र २४ जना बालिका आत्महत्या गरेका हुन् ।

गत आर्थिक बर्ष २०७८/७९ भन्दा २४ जना बढीले आर्थिक २०८०/८१ मा आत्महत्या गरेको बाराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जनाउनुभएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर