जिल्ला प्रहरी कार्यालय बाराले एक बर्षमा २० क्विन्टल ५४ किलो प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ भने प्रतिबन्धित लागुऔषध चरेश पनि ४५ किलो २३ ग्राम बरामद गरेको छ ।
बारा प्रहरीले सार्वजनिक गरेको त्रि-बर्षीय विवरण अनुसार आर्थिक बर्ष २०७८/७९ मा ५ क्विन्टल ३६ किलो ३९७ ग्राम बरामद गरेको थियो भने आर्थिक बर्ष २०७९/८० मा १५ क्विन्टल १७ किलो ५५० ग्राम भएको छ ।
यसैगरी हालै सम्पन्न आर्थिक बर्ष २०८०/८१ मा प्रहरीले बाराको विभिन्न ठाउँबाट प्रतिबन्धित लागुऔषध गाँजा २० क्विन्टल ५४ किलो बरामद गरेको प्रहरी नायव उपरीक्षक दधिराम न्यौपाने बताउनुभयो ।
उहाँका अनुसार आर्थिक बर्ष २०८०/८१ मा प्रतिबन्धित चरेश ४५ किलो २३ किलो बरामद भएको हो भने गएको आर्थिक बर्ष २०७९/८० मा २४ किलो बरामद भएको थियो । यसभन्दा अघिल्लो आर्थिक बर्ष २०७८/७९ मा ७ किलो ५० किलो ग्राम बरामद भएको थियो ।
तिन आर्थिक बर्षको ग्राफ हेर्दा बारामा प्रतिबन्धित लागुऔषध गाँजा र चरेशको कारोबार बढिरहेको पुष्टि गरेको छ ।







