जिल्ला प्रहरी कार्यालय बारामा महिला सम्बन्धि उजुरीको संख्या घटिरहेको देखिएको छ । प्रहरी कार्यालय बाराले तिन बर्षे तथ्यांकसहित सार्वजनिक गरेको एक बर्षे प्रगती विवरणमा महिला सम्बन्धि उजुरीको सख्या बर्षेपछी घट्दै गएको देखिएको छ ।
प्रहरीका अनुसार आर्थिक बर्ष २०८०/८१ मा १९३६ उजुरी दर्ता भएकोमा १७५० फर्छ्यौट भएको छ भने आथिक बर्ष २०७९/८० मा २१४४ उजुरी दर्ता भएकोमा १६६६ फर्छ्यौट भएको थियो ।
त्यस अघिका आर्थिक बर्ष २०७८/७९ मा २२१३ महिला सम्बन्धि उजुरी दर्ता भएकोमा १४५० वटा फर्छ्यौट भएको थियो ।
आर्थिक बर्ष ०७८/७९ भन्दा ६९ वटा उजुरी कम आर्थिक बर्ष ०७९/८० मा दर्ता भएको थियो । यसैगरी आर्थिक बर्ष २०७९/८० भन्दा २०८ वटा कम उजुरी आर्थिक बर्ष २०८०/८१ मा दर्ता भएको हो ।







