नेपाली कांगेसले अर्थसहित चार मन्त्रालय लिएर जनमत नेतृत्वको मधेश सरकारमा सहभागी हुन लागेको छ ।

कांग्रेस मधेश प्रदेशका प्रमुख सचेतक कुमारकान्त झाका अनुसार कांग्रेस पर्साका सभापति एवम प्रदेश सभा सदस्य जनार्दन सिंह क्षेत्रीको नेतृत्वमा कांग्रेस मधेश सरकारमा सहभागी हुन लागेको हो ।

सुनिल यादवलाई अर्थ मन्त्रालय , जनार्दन सिंह क्षेत्रीलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय , शेष नारायण यादवलाई उर्जा, सिचाई तथा खानेपानी मन्त्रालय र कौशल किशोर रायलाई श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी दिएको उहाँले बताउनुभएको हो ।

सरकारमा सहभागी मन्त्रिहरुलाई आज साँझ ५ बजे शपथ ग्रहण गराईने समेत उहाँले जनाउनुभयो ।

यसअधि कांग्रेसले सहमति अनुसार मन्त्रालय नदिए समर्थन फिर्ता लिने मुख्यमन्त्री सतिशकुमार सिंहलाई भनेका थिए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर