बाराको सदरमुकाम कलैयामा सञ्चालित विश्वास एफएमकी सञ्चालिका प्रियंका दास भारतको विहारस्थित रक्सौलमा सम्मानित हुनुभएको छ । नेशनल युनियन आँफ जर्नलिस्ट ईन्डिया विहारले आयोजना गरेको कार्यक्रम नेपाल भारतको सम्बन्ध बारेको बिचार गुष्टिमा उहाँ सम्मानित हुनुभएको हो ।
सम्मानित हुनु अघि नेपाल भारतको सम्बन्ध बारेमा समेत उहाँले आफ्ना धारणा राख्नु भएको थियो ।
ब्रोडकाष्टिङ एसोसिएसनका केन्द्रीय सदस्य समेत रहनुभएको उहाँ मधेश मै सक्रिय महिला सञ्चारकर्मी हुनुहुन्छ ।







