आफुलाई घुमुवा प्रहरी बताउने एकजनालाई बाराको ईलाका प्रहरी कार्यालय प्रसौनिले नियन्त्रणमा लिएको छ । प्रहरीका नियन्त्रणमा रहेका बाराकै फेटा गाउँपालिका वडा नम्बर ३ फेटाका भुलान भन्ने सब्दीन आलम रहेका बताईएको छ । मिडिया स्थानीयका अनुसार उनि आफु प्रहरीको घुमुवा अधिकारि रहेका बताउदै हिडेका थिए ।

उद्योगि व्यवसायीलाई तर्साउदै उनि पैसा समेत असुल्ने गरेको र सोध्दा आफु प्रदेश प्रहरी कार्यालय मधेशका घुमुवा अधिकारि रहेको बताउने गर्थे ।

तर जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले व्यक्ति पक्राउ परेको पुष्टि गर्दै अनुसन्धान पछी केहि खुलाउबे बताउनुभएको छ । उहाले नक्कली प्रहरीको आरोमा नै पक्राउ गरिएको हो भन्ने प्रश्नमा उत्तर दिनुभएन तर कुन अभियोगमा पक्राउ गरिएको हो त्यो पनि बताउनुभएन ।

पक्राउ परेका आलमलाई ईलाका पहरी कार्यालय प्रसौनीको हिरासत राखिएको छ भने थप अनुसन्धान भईराहेको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर