प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनामा १८ जनाको निधन भएकोप्रति दुःख व्यक्त गर्नुभएको छ।

नियमित प्राविधिक परीक्षणका लागि पोखरा उड्न लाग्दा सौर्य एयरलाइन्सको जहाज विमानस्थलमै दुर्घटना भएको हो। प्रधानमन्त्री ओलीले यो दुःखको घडीमा धैर्य रहन सबैलाई अनुरोध गर्नुभएको छ।

काठमाडौँबाट पोखरा उड्ने क्रममा सौर्य एयरको जहाज बुधबार बिहान दुर्घटनामा परेको हो।

सौर्य एयरका कर्मचारी तथा प्राविधिक बोकेको सो दुर्घटनाग्रस्त विमानमा सवार १८ जनाका निधन भएको र पाइलटको उपचार भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर